नागढुङ्गा-नौबिसे सडक खण्डमा लामो जाम

 माघ २६, २०७९ बिहिबार ८:२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौसँग जोडिएको मुख्य नाका नागढुङ्गा नौबिसे सडक खण्डमा लामो जाम छ।

यो सडक खण्ड अन्तरगत झ्याप्ले खोलामा भारतीय नम्बर प्लेटको मालवाहक ट्रक बिग्रिएकाले बिहानदेखि नै चाप परेको छ । सामान बोकेर काठमाण्डौका लागि छुटेको ट्रक बिहान बिग्रिएको हो ।

यो सडक खण्डमा अहिले एकतर्फी मात्रै गाडी चलिरहेका छन् । यसले गर्दा जाम भएको छ । बिग्रिएको ट्रकमा सामान धेरै भएकाले हटाउन पनि समस्या भएको नागढुङ्गामा खटिएका प्रहरी निरीक्षक टपेन्द्र खत्रीले जानकारी दिनुभयो ।

गाडी बनाउन समय लाग्ने भएकाले अझै केही घण्टा यो सडक खण्डमा चाप पर्ने अनुमान छ । यो सडक खण्ड हुँदै हजारौँ गाडी ओहोरदोहोर हुने भएकाले सामान्य समस्या हुँदा पनि जाम हुने गरेको छ । 

तस्बिर : ज्ञानमणि नेपाल

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया