#MeToo मा फसे क्रिकेटर लसिथ मलिंगा, बलात्कारको आरोप लाग्यो

 असोज २६, २०७५ शुक्रबार १३:४९:२ | एजेन्सी
unn.prixa.net

सामाजिक सञ्जालमा सुरु भएको #MeToo  अभियानमा बलिउड र मिडिया वर्ल्डका हस्तीहरुका नाम विवादमा मुछिएपछि अब क्रिकेटरका नाम पनि अगाडि आउन थालेको छ ।

पहिले श्रीलंकाका पूर्व कप्तान अर्जुन रणतुंगामाथि यौन उत्पीडन आरोप लागेको थियो ।  अब श्रीलंकाका तीव्र गतिका बलर लसिथ मलिंगाको नाम पनि विवादमा आएको छ ।

मलिंगामाथि भारतकी प्लेब्याक सिंगर चिनमयी श्रीपदाले आरोप लगाएकी छिन् । सामाजिक सञ्जालमा पीडितको नाम गोप्य राख्दै केही वर्ष पहिले आईपीएल खेलका क्रममा मुम्बईको होटलमा मलिंगाले बलात्कारको प्रयास गरेको श्रीपदाले बताएकी छन् ।

पीडितको बयानलाई सार्वजनिक गर्दै श्रीपदाले लेखेकी छिन्, ‘म आफ्नो नाम बाहिर आओस् भन्ने चाहन्न । आईपीएलका क्रममा मुम्बईको एउटा होटलमा मैले साथी खोजिरहेकी थिएँ । अचानक मैले मलिंगालाई भेटेँ । उनले मेरी साथी उनको कोठामा भएको बताए । म उनको कोठामा पुगेँ, त्यहाँ मेरी साथी थिइनन् । त्यसै क्रममा मलिंगाले मलाई ओछ्यानमा लडाए । म उनीबाट फुत्किन खोजेँ तर सकिनँ । त्यति नै बेला डोरबेल बज्यो । होटलका स्टाफ केही कामले कोठामा आए ।  म त्यसै बेला वाशरुममा गएँ र मुख धोएर बाहिर निस्केँ ।’

 

क्रिकेटर मलिंगाले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । तर चिनमयी श्रीपदाको यो ट्वीट भने भाइरल भएको छ । 

 

मलिंगाले ३० टेस्ट म्याचमा १०१ विकेट लिएका छन् । त्यस्तै २०७ वान डे म्याचमा उनको नाममा ३०६ विकेट  रहेको छ । 

यसभन्दा पहिले सन् १९९६ को विश्वकप विजेता श्रीलंकाली टिमका कप्तान अर्जुन रणतुंगामाथि एक जना एयर होस्टेसमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । 
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया