सांसद भण्डारीको घरमा ग्यास लिक भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान

 फागुन ४, २०७९ बिहीबार १५:१:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

सांसद भण्डारीकाे घर, तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीको घरमा ग्यास सिलिन्डर पड्केर आगलागी नभएको प्रहरीले बताएकाे छ । ग्यास लिक भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अध्ययन छ ।

काठमाण्डौ प्रहरी परिसरका प्रवक्ता सीताराम रिजालले ग्यास लिक भएर आगलागी भएको तर सिलिन्डर विस्फोट भएको भन्ने जानकारी नभएको बताउनुभयाे । ग्यास लिक भएर आमाले बोलाएपछि गएर बत्ती बालेर हेर्दा आगलागी भएको भन्ने आशङ्का प्रहरीको छ । रिजाल भन्नुहुन्छ, ‘ग्यास लिक भएपछि आमाले छोरालाई बोलाउनुभयो । छोरा आएर बिजुली बत्ती बाल्दा 'स्पार्क' भएर आगलागी भएको हो कि भन्ने आशङ्का छ ।’

आगलागी हुँदा आमा बढी घाइते हुनुको कारण भने अहिले नै भन्न नसकिने रिजालले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘आगलागी हुँदा को, कहाँ, के कति हुन्छ भन्ने कुरा पछि अनुसन्धानबाट खुल्ला । अहिलेलाई यसै भन्न सकिँदैन । को किन बढी जल्यो, को कम जल्यो अहिले भन्न सकिँदैन ।’ यो सबै विषय अहिले अनुमानको रूपमा रहेको र अनुसन्धानपछि खुल्ने पनि खनालले बताउनुभयो ।

काठमाण्डौको बुद्धनगरमा रहेको घरमा बुधवार राति साढे १० बजे ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उहाँकी आमा हरिकला जलेर घाइते हुनुभएको थियाे । आमा हरिकलाको भने उपचारका क्रममा बिहान निधन भएको छ ।

अन्तिम अपडेट: भदौ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया