चीनका प्रख्यात अर्बपति बैंकर बाओ फ्यान सम्पर्कविहीन

 फागुन ५, २०७९ शुक्रबार १७:४:१४ | एजेन्सी
unn.prixa.net

तस्बिर : अल जजिरा

चीनका एक जना प्रख्यात अर्बपति बैंकर हराएका उहाँको कम्पनीले जनाएको छ । चाइना रेनासान्स होल्डिङ्सका प्रमुख कार्यकारी बाओ फ्यान पछिल्ला दिनहरूमा सम्पर्कमा नरहेको कम्पनीले जानकारी दिएको बीबीसीले जनाएको छ ।

बाओ चीनका एक प्रख्यात डिल ब्रोकर हुनुहुन्छ । उहाँका ग्राहकहरूमा डिडी र मेटुवान जस्ता प्रख्यात प्रविधि कम्पनीहरू रहेका छन् । कम्पनीले बाओ फानलाई सम्पर्क गर्न असफल भएको बताएसँगै आज शुक्रवार यस कम्पनीको शेयर मूल्य ओरालो लागेको छ ।

विगतमा सरकारी स्वामित्वको आईसीबीसी बैंकमा गरेको कामसँग जोडेर यस कम्पनीका अध्यक्ष कोङ लिनलाई गएको सेप्टेम्बरमा सरकारी निकायहरूले पक्राउ गरेका थिए । कम्युनिस्ट पार्टीसँग फरक मत राखेको आरोपमा पछिल्ला केही वर्षहरूमा कम्तीमा छ जना अर्बपति सम्पर्कमा नरहेका र त्यो क्रममा चीनका प्रमुख प्रविधि कम्पनीका लगानीकर्ताहरूमध्ये एक बाओ पनि थपिनुभएको फोर्ब्स म्यागजिनले जनाएको छ ।

यसअघि सन् २०२० मा नियामक निकायबारे आलोचनात्मक टिप्पणी गरेको केही समयपछि अलिबाबाका संस्थापक ज्याक मा तीन महिना हराउनुभएको थियो ।
 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया