मधेशका पूर्व मुख्य मन्त्रीले अझै फिर्ता गरेनन् सरकारी गाडीसहित अन्य सामान

 फागुन ६, २०७९ शनिबार १८:१४:२८ | सुजीत झा
unn.prixa.net

धनुषा – मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री आइसके तर पूर्व मुख्यमन्त्रीले अझै पनि सरकारी गाडीसहित अन्य सुविधाहरु प्रयोग गरिरहनुभएकाे छ । मुख्यमन्त्री कार्यालयका अनुसार पूर्व मुख्यमन्त्री लालबाबु राउतले एउटा महिन्द्रा स्कार्पियो, ५ थान मोबाइल, २ वटा लैपटपसहितका समानहरु फिर्ता गर्नुभएकाे छैन ।

सामसंगका ३ थान, एमसेभेन १ थान र आइफाेन १ थान गरी ५ थान मोबाइलको उहाँको जिम्मा रहेको छ । एप्पलको लैपटप पनि वीरगञ्जमा रहेकाे आफ्नो घरमा लिएर राख्नुभएकाे छ ।

पूर्व मुख्यमन्त्री राउतले मुख्यमन्त्री कार्यालयका समानहरु फिर्ता नगरेको बारे वर्तमान मुख्यमन्त्री सरोजकुमार यादवलाई कर्मचारीहरुले जानकारी गराइसकेका छन् । तर वर्तमान मुख्यमन्त्रीले आफू यस सम्बन्धमा पूर्व मुख्यमन्त्रीसँग कुरो गरेर फिर्ता गराउने आश्वासन दिनुभएकाे पनि दुई हप्ता भइसकेकाे छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया