सेवाग्राहीलाई अनावश्यक दुःख नदिन कर्मचारीलाई मन्त्री मोदीको निर्देशन

 फागुन ७, २०७९ आइतबार १९:५२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी – सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्री अमनलाल मोदीले सेवाग्राहीलाई अनावश्यक दुःख नदिन कर्मचारीलाई निर्देशन दिएका छन् । सुनसरीको इनरुवामा आइतवारदेखि सुरु भएको प्रथम इनरुवा उत्सव, चलचित्र महोत्सवलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

मन्त्री मोदीले सरकारको प्राथमिकता सुशासन कायम गर्ने भएकाले कामका लागि आएका सेवाग्राहीलाई अनावश्यक दुःख नदिन निर्देशन दिनुभएको हो । ‘प्रधानमन्त्री प्रचण्डज्यूको प्रमुख प्राथमिकता भनेको सुशासन कायम गर्ने हो, त्यो काम राष्ट्रसेवक कर्मचारीबाट मात्रै सम्भव हुन्छ र सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको नेतृत्व मैले गरेको हुनाले यसको मुख्य जिम्मेवारी मेरै काँधमा छ’, उहाँले भन्नुभयो, ‘सुशासन कायम गर्ने सरकारको प्राथमिकलाई बुझेर कार्यसम्पादनमा लाग्नका लागि म राष्ट्रसेवक कर्मचारीलाई विशेष निर्देशन दिन चाहन्छु ।’

मन्त्री मोदीले कर्मचारीले अब सेवाग्राहीलाई 'एस अर नो' मा जवाफ दिनुपर्ने बताउनुभयो । कर्मचारीले सेवाग्राहीलाई अनावश्यकरूपमा झुलाउने गरेको गुनासो आफूले सुनेको बताउँदै उहाँले भन्नुभयो, सेवाग्राहीलाई अनावश्यकरूपमा झुलाउने गरेको गुनासो मैले सुनेको छु, अब एस अर नो मा जवाफ दिन र त्यहीअनुसार कार्यसम्पादनमा लाग्नका लागि म विशेष आग्रह गर्छु ।’

मन्त्री मोदीले सेवाग्राहीको काम नहुने हो भने कारणसहित चित्तबुझ्दो जवाफ दिने परम्पराको थालनी गर्नसमेत निर्देशन दिनुभयाे । सेवाग्राहीको काम द्रुत गतिमा गर्ने विषयलाई प्राथमिकतामा निर्देशन दिँदै उहाँले भन्नुभयो, ‘नागरिककाे काम कसरी द्रुत गतिमा गर्न सकिन्छ, त्यसतर्फ ध्यान दिन र द्रुत गतिमा कार्यसम्पादन गर्ने परम्पराको थालनी गर्न म कर्मचारी साथीहरूलाई विशेष निर्देशन दिन चाहन्छु ।’

कार्यक्रममा बोल्दै मन्त्री मोदीले प्रदेश नम्बर १ लाई चलचित्र क्षेत्रको हबको रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । ‘म चाहन्छु, प्रदेश नम्बर १ चलचित्र क्षेत्रको हबको रूपमा स्थापित होस्, यहाँका विभिन्न क्षेत्रमा विभिन्न जातजातिको पहिचान झल्किने चलचित्रको छायाङ्कन होस्, यसका लागि सरकारको तर्फबाट गर्नुपर्नेमा सहयोगका लागि हामी तयार छौँ’, उहाँले भन्नुभयो ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया