काभ्रे बेथानचोकको गोरखनाथ सामुदायिक वनमा डढेलो
चैत ३, २०८१ सोमबार
सुर्खेत – कर्णाली प्रदेशसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ ।
प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले प्रदेश सरकारले गरेका कामप्रति असन्तुष्ट जनाउँदै बिहीबारको बैठक अवरोध गरेका थिए । बिहीबार ३ बजेका लागि बैठक राखिए पनि ४० मिनेटपछि मात्र बैठक सुरु भएको थियो ।
बैठक सुरु भएको चार पाँच मिनेटमै नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारले आफै मनपरी ढंगले अघि बढेको भन्दै विरोध गरेका थिए । संसद अवरोध गरेपछि सभामुख राजबहादुर शाहीले आधा घण्टाको लागि बैठक स्थगित गर्नुभएको थियो ।
सरकार पक्ष र प्रतिपक्षबीच छलफल भए पनि सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको बजेटको रातो किताब ननिकालेसम्म र पुरानो हिसाबकिताब सार्जजनिक नगरेसम्म संसद चल्न नदिने नेपाली कांग्रेसले अडान राखको छ ।
प्रदेश सचिवालयले शुक्रबार ३ बजेसम्मका लागि स्थगित गरेको सूचना निकालेको छ । सभामुख राजबहादुर शाहीले प्रतिपक्ष तर्फका सांसदहरुले राखेका मागहरुप्रति छलफल गरेर निष्र्कष पुग्न समय लाग्ने भएकाले शुक्रबारसम्मको लागि बैठक स्थगित गरिएको बताउनुभयो ।
चालु आर्थिक वर्षका लागि छुट्टाइएको बजेट ल्याएलगत्तै रातो किताब निकाल्ने भने पनि अहिलेसम्म ननिकालेको र आफ्नो मनलाग्दी हिसाबले बजेट विनियोजन गरेको प्रतिपक्ष दल नेपाली कांग्रेसले बताएको छ ।
‘सरकारले हामीले राखेका मागहरुप्रति संवेदनशिल भएको पाएनौँ । पटक–पटक संसदमा कर्णाली रारा पर्यटन वर्षको उद्घाटनका समयमा गरिएको खर्च सार्वजनिक गर्न ध्यानाकषर्ण गरायाँै । बजेट आएपछि रातो किताब निकाल्ने भनेर सरकारले संसदमा नै भनेको थियो’, नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले भन्नुभयो, ‘आजको छलफलमा आन्तरिक मामिला तथा कानुन मन्त्री हुनुहुन्थ्यो । छलफलमा सरकार हाम्रो मागप्रति त्यति गम्भीर भएन् । अब हामीले मुख्यमन्त्रीसहित नै छलफल गर्ने भनेका छौँ । हामीले राखेका माग पूरा नभएसम्म हामी संसद चल्न दिदैनाैं ।’
पहिले ल्याएको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनमा वेवास्था गरेको र पुरानो हिसाबकिताब सार्वजनिक नगरेसम्म संसद चल्न नदिने भन्दै सांसदहरु बैठकमा उठेर अवरोध गरेका थिए । कांग्रेसका संसदीय दलका नेता शाहीले काठमाडौँमा भएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा कर्णाली प्रदेशका खेलाडीहरुलाई जर्सीको व्यवस्था नगरेको, सुर्खेतकै सडक अवस्था नसुध्रिएको र अहिलेसम्म सरकारले कर्णाली रारा पर्यटन वर्षको खर्च पनि सार्वजनिक नगरेको भन्दै बैठकमा कांग्रेस सांसदहरुले अपत्ति जनाएका थिए ।
प्रदेश सरकारले शुक्रबार सरकारको आगामी आर्थिक वर्ष २०७५/७६ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भनिए पनि आफूहरुलाई थाहा नभएको भन्दै प्रतिपक्ष दलले आपत्ति जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।