शेयर बजार आज पनि उच्च अङ्कले घट्यो

 फागुन ८, २०७९ सोमबार १८:४:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज साेमवार पनि उच्च अङ्कले घटेको छ । यसअघि बिहीवार २१ दशमलव १५ अङ्कले घटेको शेयर बजार आज २३ दशमलव ६० अङ्कले घटेर दुई हजार ४६ दशमलव ८१ विन्दुमा झरेको छ । 

नेप्से लगातार दोहोरो अङ्कले घटेको आज पाँचौँ दिन हो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेयता शेयर बजार निरन्तर ओरालो लागिरहेको छ । 

आज व्यापार र म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेको छ । उत्पादन र लघुवित्त समूहको शेयर उच्च अङ्कले घटेको छ । आज दुई सय ५८ वटा कम्पनीका ६० लाख ९१ हजार कित्ता शेयर एक अर्ब ९४ करोड ४७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको २० करोड आठ लाख रुपैयाँको शेयर किनबेच भएको छ । 

आज सबैभन्दा धेरै जीवन विकास लघुवित्तको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि राप्ती हाइड्रो कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया