राष्ट्रपति भण्डारीद्वारा हेटौँडा अस्पतालको नवनिर्मित भवनकाे उद्घाटन

 फागुन ९, २०७९ मंगलबार १३:२९:२ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – राष्ट्रपति विद्यादेवी भण्डारीले हेटौँडा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ ।

नेपाली सेनाको हेलिकप्टरबाट आज मङ्गलवार हेटौँडा आइपुग्नुभएकी भण्डारीले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालको सङ्घीय सरकारको ४३ करोड रुपैयाँ लागतमा निर्माण भएको तीन तले भवनकाे उद्घाटन गर्नुभयाे । 

अस्पतालले नयाँ भवनबाट जनशक्ति थप गरेर उपचार सेवालाई प्रभावकारीरूपमा अगाडि बढाएको छ । पहिले रिफर अस्पतालको रूपमा परिचित हेटौँडा अस्पतालमा अहिले धेरै खालका बिरामीको उपचारसँगै विभिन्न रोगको नियमित अप्रेशन गरिँदै आएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया