भारतीय स्थल सेनाध्यक्ष नेपाल भ्रमण सकेर स्वदेश फिर्ता
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खला क्लिन स्वीप गरेपछि नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले अभ्यस्त पिचबाट टोलीले सफलता निकालेको बताएका छन् ।
कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा सम्पन्न शृङ्खलाकाे अन्तिम खेलमा नेपालले च्याम्पियन स्कटल्यान्डमाथि २ विकेटकाे रोमाञ्चक जित निकालेपछि कप्तान पौडेलले घरेलु मैदानमा गरेको अभ्यासले सफलता मिलेको बताएका हुन् । नेपाललाई रोमाञ्चक जित दिलाएका उनले जितपछि आफूलाई निकै राहत मिलेको प्रतिक्रिया दिए ।
खेलपछिकाे पत्रकार सम्मेलनमा बाेल्दै कप्तान पाैडेलले यूएईमा हुन लागेको अर्को शृङ्खलामा पनि यसै लयलाई निरन्तरता दिने लक्ष्य लिएको बताए । उनले यूएईमा हुने शृङ्खलाका लागि खेलाडीको विषयमा छलफल भइरहेको समेत जानकारी दिए ।
नयाँ प्रशिक्षक नियुक्त भएसँगै ब्याटिङ सुधारमा केन्द्रित भएको टोलीले यस शृङ्खलाबाट सुधारको सङ्केत दिएको छ । यही शृङ्खलामा नेपाली खेलाडीको व्यक्तिगत तथ्याङ्कमा उल्लेख्य सुधार आएको छ भने नेपालले सर्वाधिक रनको लक्ष्यलाई पनि पछ्याउँदै कीर्तिमान रच्न सफल भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।