भ्वाइस अफ अमेरिका बन्द गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय
चैत ३, २०८१ सोमबार
कपिलवस्तु – तौलिहवाका विभिन्न चोकहरुमा रातिको समयमा ड्युटीमा खटिने प्रहरीले रक्सीले मातेको पाइएको छ ।
बुधबार राति गौढी चोकमा मादक पदार्थ सेवन (मापसे) चेकका लागि खटिएका प्रहरीहरुले नै रक्सी खाएको भेटिएको छ ।
मुस्लिम समुदायको रमजान महिना अन्तर्गत रोजा चलिरहेका बेला घरबाट बजार निस्केका मुस्लिम युवाहरुलाई राति २ बजे मोटरसाइकल चेक गर्दै गर्दा गौढी चोकमा खटिएका एक प्रहरी रक्सीको नशामा रहेको कपिलवस्तु नगरपालिका वडा नं. १ का ए.डी. आदिल खांले बताउनुभयो । ‘हाम्रो मोटरसाइकल चेक भइरहेका कारण हामी केही बोलेनौँ’, खांले भन्नुभयो, ‘नागरिकलाई सुरक्षाको प्रत्याभूति दिने प्रहरी रक्सी खाएर गरेर ड्युटीमा बस्नु नेपाल प्रहरीको बर्दीको अपमान हो ।’
ड्युटीका बेला मादक पदार्थ सेवन गर्ने प्रहरी कर्मचारीलाई प्रमाण भए तुरुन्तै कारबाही गरिने प्रहरी उपरीक्षक मनोजकुमार यादवले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।