एमसीसी मातहतको आयोजनाका लागि धादिङ, पाल्पा र तनहुँमा जग्गा लिने प्रक्रिया सुरु

 फागुन २३, २०७९ मंगलबार ११:२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकी सहायता परियोजना एमसीसी मातहतको आयोजनाका लागि जग्गा लिने प्रक्रिया सुरु भएको छ । एमसीसी अन्तर्गत मिलिनियम च्यालेञ्ज अकाउन्ट नेपाल विकास समिति एमसीएले आज सूचना निकालेर धादिङ, पाल्पा र तनहुँमा जग्गा अधिग्रहण गर्ने प्रक्रिया सुरु गरेको जानकारी गराएको हो ।

एसीसएले निकालेको सूचनामा तीन दिनपछि प्राविधिक टोली जग्गा भएको ठाउँमा पुग्ने र टोलीले तीन वटै जिल्लाका विभिन्न पालिकामा आयोजनाका लागि आवश्यक पर्ने जग्गाको नाप जाँच गर्ने, सर्वेक्षण गर्न, साँध छुट्याउन, किला गाड्ने काम सुरु गर्ने उल्लेख छ ।

जग्गा प्राप्तिका लागि तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको बैठकबाट जग्गा प्राप्तिको काम अगाडि बढाउने निर्णय भइसकेको पनि सूचनामा उल्लेख छ । धादिङ, पाल्पा र तनहुँमा विद्युत् प्रसारण लाइनका लागि जग्गा लिने प्रक्रिया सुरु गरेको एमसीएले जग्गा प्राप्त गरिसकेपछि निर्माणको काम सुरू हुने जनाएको छ । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया