भोलिसम्म काठमाण्डौ आइपुग्न मतदातालाई नाै दलीय गठबन्धनको निर्देशन

 फागुन २३, २०७९ मंगलबार १६:५४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको नाै दलीय गठबन्धनले राष्ट्रपति चुनावका लागि मतदातालाई भोलि बुधवारसम्ममा काठमाण्डौ आइपुग्न निर्देशन दिएको छ ।

राष्ट्रपति चुनावका लागि गठबन्धनबाट बनेको कार्यदलको आज मङ्गलवार बसेको बैठकले सबै मतदातालाई भोलि बिहान ११ बजेसम्म काठमाण्डौ आइपुग्न निर्देशन दिएको हो । सिंहदरबारमा बसेको बैठकपछि गठबन्धन कार्यदलका संयोजक एवम् नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले बैठकमा यही २५ गते हुने राष्ट्रपति चुनावका विषयमा छलफल भएको जानकारी दिनुभयो ।

त्यस्तै बैठकपछि नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले बैठकमा गठबन्धनलाई विस्तार र व्यवस्थित गर्ने विषयमा छलफल भएको बताउनुभयो ।

गठबन्धनमा रहेका नेपाली कांग्रेससहित माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पाटीले कांग्रेसका नेता रामचन्द्र पौडेललाई समर्थन गरेका छन् । पर्सि फागुन २५ गते हुने राष्ट्रपति चुनावका लागि पौडेल र एमालेका नेता सुवासचन्द्र नेम्वाङले गएको १३ गते मनोनयन दर्ता गर्नुभएको थियो ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया