दार्चुलाको व्यासमा खाद्यान्न अभाव : आवश्यक व्यवस्था गरिदिन पालिकाको आग्रह

 फागुन २६, २०७९ शुक्रबार ७:४३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

दार्चुला - दार्चुलाको त्रिदेशीय सीमा क्षेत्रमा पर्ने व्यास गाउँपालिकाले खाद्यान्न अभाव भएको जनाएको छ । गाउँपालिकाका विभिन्न क्षेत्रमा खाद्यान्न अभाव भएको भन्दै पालिकाले सूचना निकालेर आवश्यक व्यवस्था गरिदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दार्चुलालाई आग्रह गरेको हो ।

गाउँपालिकाको वडा नम्बर–४ सुन्सेरा डिपो, वडा नम्बर–२ राप्ला वितरण केन्द्र तथा वडा नम्बर–३ को सिना, वडा नम्बर–५ को धौलाकोट र वडा नम्बर–६ को हुती क्षेत्रमा खाद्यान्न ढुवानीको व्यवस्था गरिदिन गाउँपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दार्चुलालाई आग्रह गरेको छ ।

सडकको पहुँच नहुँदा व्यासको माथिल्लो क्षेत्रमा अहिले खाद्यान्न अभाव हुन थालेको व्यास गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह कुँवरले जानकारी दिनुभयो ।  तत्काल खाद्यान्न आपूर्ति हुन नसके व्यास क्षेत्रमा खाद्यसङ्कट हुने देखिएको उहाँको भनाइ छ ।

भौगोलिक विकटता, हिमपात हुने तथा नेपालतर्फ खाद्यान्नको ढुवानीको वैकल्पिक सडक बाटो समेत नभएकाले खाद्यान्नको अभाव हुने देखिएको गाउँपालिका उपाध्यक्ष विनोदसिंह कुँवरले बताउनुभयो । उहाँले सम्बन्धित क्षेत्रका नागरिकलाई पर्न सक्ने कठिनाइमा गम्भीर हुन पनि जिम्मेवार निकायलाई अनुरोध गर्नुभएको छ ।

खेतबारीको उत्पादनले तीन महिनासम्म खान नपुग्ने स्थानीय बासिन्दालाई नेपाल र भारत दुवै ठाउँबाट खाद्यवस्तु ल्याउन समस्या छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दार्चुलाका प्रमुख रामसागर मेहताले सुन्सेरा र सिनाको लागि चामल पुर्याउन धनगढीबाट दार्चुला ल्याउने पहल भइरहेको बताउनुभएको छ ।

अन्तिम अपडेट: जेठ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया