सी जिनपिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति चयन

 फागुन २६, २०७९ शुक्रबार १०:५८:४६ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

सी जिनपिङले चीनको राष्ट्रपतिका रुपमा ऐतिहासिक तेस्रो कार्यकाल सुरु गर्नुभएको छ । उहाँ १४औँ राष्ट्रिय जनकङ्ग्रेसको अधिवेशनबाट सर्वसम्मतिले राष्ट्रपतिमा चयन हुनुभएको हो ।

ग्रेट हल अफ द पिपलमा उपस्थित नेशनल पिपुल्स कङ्ग्रेस (एनपीसी) का झण्डै तीन हजार सदस्यले ६९ वर्षीय सीलाई सर्वसम्मत रूपमा राष्ट्रपतिमा चयन गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । उहाँले संविधानप्रति प्रतिबद्ध रहने बताउनुभएको छ । योसँगै उहाँलाई माओत्सेतुङपछिको सबैभन्दा शक्तिशाली नेताका रूपमा चित्रण गरिएको छ ।

यसअघि नै संसद्ले राष्ट्रपतिको दुई कार्यकालको सीमा संविधान हटाउने निर्णय गरेको थियो । उहाँ देशको केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि तेस्रो कार्यकालका लागि सर्वसम्मत हुनुभयो । झाओ लेजी संसद्का नयाँ सभामुख र हान झेङ्ग उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया