खाेटाङकाे रावाबेसीमा नदी, खोलामा करेन्ट तथा विस्फाेटक पदार्थ प्रयोग गरेर माछा मार्न रोक

 चैत ३, २०७९ शुक्रबार ८:२३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

खाेटाङ - खोटाङको रावाबेसी गाउँपालिकाले नदी तथा खोलामा करेन्ट तथा विस्फाेटक पदार्थ प्रयोग गरेर माछा मार्न रोक लगाएको छ ।

दूधकोसी र रावा खोलामा अवैध तरिकाले करेन्ट तथा विस्फाेटक पदार्थ प्रयोग गरेर माछा मार्ने गरेको गुनासो आएपछि गाउँपालिकाले बिहीवार हिजाे सूचना जारी गर्दै नदी तथा खोलामा करेन्ट तथा विस्फाेटक पदार्थ प्रयोगमा रोक लगाएको हो । 

करेन्ट र ब्लास्टिङकाे प्रयोग गर्दा नदी तथा खोलामा भएका सबै किसिमका जलचरको अस्तित्व नै समाप्त हुने र पर्यावरणमा क्षति पुग्ने भएकाले यस कार्यमा रोक लगाउनु परेको रावाबेसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठले बताउनु भयाे ।

आउँदा दिनमा माछा मार्नेक्रममा नदी तथा खोलामा करेन्ट र विस्फाेटक पदार्थ प्रयोग गरेको पाइएमा कानुन बमोजिम कडा कारबाही हुने चेतावनी दिइएको छ । रावा खोलामा धेरैजसो अन्यत्रबाट आउने स्थानीयले माछा मार्नेक्रममा करेन्ट तथा विस्फाेटक पदार्थ प्रयोग गर्ने गरेको गाउँपालिकाले जनाएको छ । दूधकोसीमा भने स्थानीयले नै विष तथा ब्लास्टिङ लगाउने गरेको बताइएको छ । रावा खोलाको असला माछा देशभर प्रशिद्ध छ । असला माछाको सुकुटी विभिन्न बजारमा पुग्ने गरेको छ । रावा खोलाको माछा मारेर स्थानीयले राम्रो आयआर्जन गर्दैआएका छन् । 

खोटाङको खोलानाला सयौँ प्रजातिका माछा, पाहा, पक्षी लगायतका जलचर प्राणीका लागि प्रख्यात छ । जिल्लाको रावा खोला, साप्सु खोला, वुवाँ खोला, टुवा खोला, सावा खोला तथा अन्य साना खोलाखोल्सीमा लुकिछिपी करेन्ट र विस्फाेटक पदार्थ प्रयोग गर्ने गरिएको जनगुनासो छ । कतिपय खोलामा विष समेत हाल्ने गरिएको छ ।

नदी तथा खोलाको माछा मार्नेक्रममा विष, विस्फाेटक पदार्थ तथा करेन्ट प्रयोग नगर्न स्थानीय सरकार र स्थानीयवासीले सूचना जारी गर्दा समेत याे क्रम भने रोकिएको छैन । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया