ठूला लगानी र विकासकर्ताका प्रतिनिधिहरूसँग प्रधानमन्त्रीकाे छलफल

 चैत ३, २०७९ शुक्रबार २०:३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला लगानी र विकासकर्ताका प्रतिनिधिहरूसँग लगानी बोर्डसँग जोडिएका आयोजना निर्माण, आउँदाे कार्यदिशा र समस्याको विषयमा छलफल गर्नुभएको छ ।

शुक्रवार लगानी बोर्डको कार्यलयमा नेपालका विभिन्न ठूला आयोजनामा लगानी गर्ने ठूला लगानी र विकासकर्ताका प्रतिनिधिहरूसँग लगानी बोर्ड जोडिएका आयोजना निर्माण, आउँदाे कार्यदिशा र समस्याको विषयमा प्रधानमन्त्रीले छलफल गर्नुभएको बोर्डका कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिनुभयाे । उहाँले लगानी बोर्डसँग विभिन्न निर्माण चरण भएका परियोजना र झन्डै तीन खर्ब रुपैयाँ बराबरका आयोजनाका विकासकर्ताका प्रतिनिधि र अध्ययन चरणमा रहेका आयोजना विकासकर्ताका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको बताउनुभयो ।

बाेर्डका कार्यकारी अधिकृत भट्टले लगानी बोर्डले स्वीकृतका लागि पाइपलाइनमा रहेका ठूला जलविद्युत् आयोजना नतिजामुखी कार्यान्वयन ढाँचामा आबद्ध भइसकेको बताउनुभयो । उहाँले ९ सय मेगावाटको अरुण, तीन हजार ६ सय ७० मेगावाटको तल्लो अरुण, ३ सय ७० मेगावाटको अर्धजलाशययुक्त अपर मर्स्याङ्दी र अन्य औधोगिक पूर्वाधार आयोजनाहरू पाइपलाइनमा रहेको बताउनुभयो । यी आयोजनाहरूलाई बोर्डले प्राथमिकता दिएर नतिजाउन्मुख काम गर्ने उहाँकाे भनाइ छ । 

भट्टले विश्वको अर्थतन्त्रको अवस्थालाई हेरेर आयोजना छनोटमा सजक हुन आवश्यक रहेको बताउनुभयो । उहाँले लगानी बोर्ड आउँदाे लगानी सम्मेलनको पूर्वतयारीमा जुटेको बताउनुभयो ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया