दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत देशभरका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावमा मतदान प्रक्रिया सकिएको छ ।
मतदान सकिएका क्याम्पसहरूले आजै मतगणना प्रक्रिया सुरु गर्ने जनाएका छन् । निर्वाचन केन्द्रीय समितिले बिहान ८ देखि दिउँसो ४ बजेसम्म मतदानको समय तोकेको थियो । समितिका सदस्य सचिव पशुपति अधिकारीले मतदान भएका क्याम्पसहरूमा ५५ देखि ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरणले देखाएको बताउनुभयो । शङ्करदेव क्याम्पसमा भने ३५ प्रतिशतमात्रै मत खसेको छ ।
काठमाण्डाै उपत्यकाका २२ मध्ये सात क्याम्पसमा आज मतदान भएन । पोखराका चार र चितवनका तीन क्याम्पसमा पनि मतदान भएन । त्रिविअन्तर्गतका एक सय छ वटा क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएको अधिकारीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।