भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिकाे एमालेले ...
जेठ २०, २०८० शनिबार
लमजुङ – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा लमजुङमा २ वटा क्याम्पसमा नेविसङ्घ र एउटा क्याम्पसमा अनेरास्ववियु विजयी भएकाे छ । लमजुङको बेसीसहरमा रहेको मर्स्याङ्दी बहुमुखी क्याम्पस, सुन्दरबजारमा रहेको मातृभूमि बहुमुखी क्याम्पसमा नेविसङ्घ र सुन्दरबजारमा रहेको लमजुङ कृषि क्याम्पसमा अनेरास्ववियु विजयी भएको हो ।
मर्स्याङ्दीमा नेविसङ्घ र अनेरास्ववियु (क्रान्तिकारी) का तर्फबाट स्ववियु सभापतिमा नेविसङ्घका सुगम देउजा निर्वाचित हुनुभएको हो । सचिवमा नेविसङ्घकै पूर्णबहादुर गुरुङ, कोषाध्यक्षमा शर्मिला भण्डारी, सदस्यहरूमा अनिता थापा, करुणा वाग्ले, प्रितम विक, शरण पौडेल, र सुनील भट्ट निर्वाचित हुँदा अनेरास्ववियु क्रान्तिकारीबाट सदस्यमा सविना प्रजा चेपाङ निर्वाचित हुनुभएको छ ।
यसैगरी समानुपातिकतर्फ नेविसङ्घका वसन्तराज कुइँकेल (प्रकाश), जमुना श्रेष्ठ, पुष्पा तामाङ र अनेरास्ववियु (क्रान्तिकारी) की जुना तामाङ सदस्यमा निर्वाचित हुनुभएको छ ।
मातृभूमिमा नेविसङ्घका विशाल थापा सभापतिमा निर्वाचित हुनुभएको छ । यस्तै सचिवमा नेविसङ्घकै अभिषेक पौडेल, कोषाध्यक्षमा ज्योति सार्की विजयी, क्याम्पस सदस्यहरूमा किरण श्रेष्ठ, तीर्थराज थापा र मनिषा थापा निर्वाचित हुनुभएको छ ।
समानुपातिकतर्फ सदस्यहरूमा नेविसङ्घकै हसन मियाँ, सुस्मिता सापकोटा, बन्दना वस्ती, सविना तामाङ, मनिष पौडेल र विज्ञान कोइराला निर्वाचित हुनुभएको छ ।
यस्तै लमजुङ कृषि क्याम्पसमा अनेरास्वियुका वीरेन्द्र जिसी सभापतिमा विजयी हुनुभएको छ । सचिवमा अनेरास्ववियुकै विराज सुवेदी, कोषाध्यक्षमा गौरव जोशी, खुल्ला सदस्यतर्फ चेतना राना, रसिक खनाल, विराज खड्का, विनिता कार्की र धनकुमारी गुरुङ विजयी हुनुभएको छ ।
समानुपातिक सदस्यतर्फ अनेरास्ववियुकै अर्जुन ढकाल, अनिसा कार्की, कृति खरेल, कल्पना पौडेल, सोलिना कार्की ओली, अनुपा शर्मा र पूर्णबहादुर बुढाथोकी निर्वाचित हुनुभएको छ ।
लमजुङकाे इशानेश्वर क्याम्पस, पुष्पलता क्याम्पस र मंगला क्याम्पसमा भने स्ववियु चुनाव भएन ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।