साउनयता ५५ जना गर्भवती तथा सुत्केरीको उद्धार
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - काठमाण्डाै उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच लाख ६१ हजार तीन सय ७५ गाडी कारबाहीमा परेका छन् ।
काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा गाडीलाई कारबाही गरेको हो ।
कार्यालयका अनुसार सबैभन्दा बढी गाडी अड्याउन निषेध गरेको ठाउँमा गाडी राखेको कसुरमा ८८ हजार चार सय ७२ गाडी कारबाहीमा परेका छन् । यस्तै बढी भाडा लिने दुई हजार एक सय ९०, गाडीचालक अनुमतिपत्र प्राप्त नगरेका ३६ हजार तीन सय ४०, हदभन्दा बढी मानिस वा सामान बोक्ने १३ हजार पाँच सय नौ, जाँडरक्सी खाएर गाडी चलाउने ३७ हजार आठ सय ९६ गाडी कारबाहीमा परेका छन् ।
यसैगरी क्षमताभन्दा बढी यात्रु बोक्ने दुई हजार ४५, रेड लाइटमा गाडी चलाउने १६ हजार नौ सय ६८, गाडी मोड्न निषेध गरेको ठाउँमा गाडी मोड्ने १५ हजार दुई सय ५९, लेन अनुशासन उल्लङ्घन गर्ने १९ हजार आठ सय १७, वान वेमा गाडी चलाउने २१ हजार एक सय २३, अवस्था ठीक नभएका गाडी चलाउने २८ हजार आठ सय ९९, गाडी चलाउन निषेध गरिएको ठाउँ र समयमा गाडी चलाउने १६ हजार दुई सय ४७ गाडीलाई कारबाही गरेको हो ।
पेटी र हेल्मेट नबाँधी गाडी चलाउने २१ हजार नौ सय ८१, लापरबाही साथ गाडी चलाउने ७२ हजार एक सय ४४, कागजपत्र साथमा नराखि गाडी चलाउने ४४ हजार ३८, गाडी वजन हद निर्धारण गरेको क्षेत्रमा बढी वजनको गाडी चलाउने २० हजार छ सय ६५, जथाभाबी हर्न बजाउने १२ हजार छ सय २२, सार्वजनिक ठाउँमा बाधा पुग्ने गरी गाडी राख्ने ३७ हजार दुई सय ६५ र ओभर स्पिडमा गाडी चलाउने २५ हजार सात सय ८२ गाडी कारबाहीमा परेका छन् ।
कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पछिल्लो समय उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने गाडीमाथि ट्राफिक प्रहरीले विशेष निगरानी बढाउँदै आएको जानकारी दिनुभयो । 'ट्राफिक नियम उल्लङ्घन गर्दा दुर्घटनाको सङ्ख्या बढेकाले हामीले यसलाई विशेष कडाइ गरेका हौँ', उहाँले भन्नुभयो ।
अहिले काठमाण्डाै उपत्यकाभित्र २० लाख हाराहारीमा गाडी आवतजावत हुँदै आएको जनाइएको छ । गाडी व्यवस्थापनका लागि काठमाण्डाै उपत्यका ट्राफिक कार्यालयबाट एक हजार सात सय ट्राफिक प्रहरी परिचालन हुँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।