खोटाङमा खोलै रित्तो बनाएर विद्युत् उत्पादनमा पानी प्रयोग

 चैत ९, २०७९ बिहिबार ९:२८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

खाेटाङ - खोटाङको ६ दशमलव ६ मेगावाट क्षमताको साप्सु खोला जलविद्युत् आयोजनाले खोलै सुकाएर पानी प्रयोग गरेको पाइएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा साप्सु खोलाबाट विद्युत उत्पादन गर्नेक्रममा आयोजनाको प्रवर्द्धक कम्पनी थ्रिस्टार हाइड्रोपावर कम्पनी लिमिटेडले सिङ्गो खोला नै सुकाएर पानी प्रयोग गरिरहेको पाइएको हो ।

कम्तीमा १० प्रतिशत पानी खोलामा छाड्नुपर्नेमा खोलाको भएभरको पानी ड्यामतर्फ फर्काएर लगेको पाइएको खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईँले बताउनुभयो । २०७८ साल मंसिर १४ गतेदेखि परीक्षण उत्पादन सुरु गरेको जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् २०७८ साल पुसमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो ।

जलविद्युत् आयोजनाको डिसेन्डर, क्यानल र पानी जमाउने रिजर्भवयर वरपर अहिलेसम्म तारबार समेत नहुँदा जोखिम पनि छ । कम्पनीलाई १५ दिनभित्र घेराबारा गरिसक्न दिर्नेशन दिएको पनि प्रमुख जिल्ला अधिकारी सेडाईँले जानकारी दिनुभयो ।

यस्तै, ड्यामदेखि पावरहाउसकोबीचमा गेटभल्व खोल्दा खोलामा झर्ने पानीबाट स्थानीयलाई जोगाउन पूर्वजानकारी दिने ‘साइरन’ को व्यवस्था गर्न पनि निर्देशन दिइएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया