एकै ठाउँमा भेटिएका ९ वटा बम सेनाद्वारा निष्क्रिय

 चैत १३, २०७९ सोमबार १८:४०:२३ | रासस
unn.prixa.net

फाइल तस्बिर

नवलपरासी – पूर्वी नवलपरासीको विनयीत्रिवेणि गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा बम फेला परेका नौ वटा बमलाई आज साेमवार नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रमुख भुवनेश्वर तिवारीले कावासोती–१ मा रहेको नेपाली सेनाको २ नम्बर वन तथा पर्यावरण सुरक्षा गण हात्तीखोरको टोली बम फेला परेको ठाउँमा पुगेर सबै बमलाई निष्क्रिय पारेको जानकारी दिनुभयो । प्रहरी प्रमुख तिवारीका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोलीले आइतवार फेला परेका ८१ एमएम मोटरको बम (गोला) लाई निष्क्रिय पारेको हो । 

आइतवार बारीमा बम देखिएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए । स्थानीय रुकेश सरामुका अनुसार बालबालिकाले जङ्गल नजिकै रहेको बारीमा ती बमका गोला देखेका थिए । जङ्गलमा चौपाया चराउन गएका किसानहरूले बारीमा बम देखेपछि खोतल्दै जाँदा एकै ठाउँमा नौ वटा बम देखिएको थियो ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया