‘सिनेमा साइबर सेक्युरिटी’को डेस्क सञ्चालन गर्ने तयारीमा बोर्ड

 चैत १५, २०७९ बुधबार ६:४०:३२ | रासस
unn.prixa.net

काठमाण्डाै – चलचित्र विकास बोर्डले हटलाइन नम्बरसहितको ‘सिनेमा साइबर सेक्युरिटी’को डेडिकेटेड डेस्क सञ्चालन गर्ने भएको छ । 

हिजाे बोर्डमा आयोजित पत्रकार सम्मेलनमा प्रविधि विकासको काम सुरू भएको र साइबर सुरक्षासँगै डिजिटल प्रविधिमा लैजाने योजना ‘डेमोस्ट्रेसन’ गरिएको बोर्ड अध्यक्ष भुवन केसीले बताउनुभयो ।

“टिकटक, युट्युब र फेसबुकजस्ता सामाजिक सञ्जालका माध्यमबाट निर्मातालाई आफ्नो काम प्रदर्शन गर्न र फराकिलो दर्शकसम्म पुग्न सजिलो भएको छ । यद्यपि, यसले नै साइबर सुरक्षाको विषयमा नयाँ चुनौती पनि सिर्जना गरेको छ । यसको असर चलचित्र अनलाइन लिक वा पाइरेटेड भएका छन्”, अध्यक्ष केसीले भन्नुभयो, “यी चुनौतीलाई सम्बोधन गर्न बोर्डले डेस्क स्थापना गर्न नीति लिँदै सक्रिय कदम चाल्ने निर्णय गरेको हो । चलचित्रकर्मीले भोगिरहेका साइबर खतरा न्यूनीकरण गर्न नेपाल सरकार, नेपाल प्रहरी, चलचित्र निर्माता, सामाजिक सञ्जाल प्लेटफर्म र अन्य सरोकारवालासँग मिलेर काम गर्दैछौँ ।”

कार्यक्रममा सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठ, राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक प्रदीप शर्मा पौडेल, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालयका रजिष्ट्रार प्रह्लादप्रसाद पुडासैनी, काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरिक्षक रवीन्द्र रेग्मी, चलचित्र सम्बन्धित सङ्घसंस्थाका अध्यक्षहरु तथा अन्य पदाधिकारीको उपस्थिति रहेको थियो । 

कार्यक्रममा रोबोटिक्स एकेडेमी अफ नेपालका फाउण्डर विक्रान्त कार्की र आइडिया ब्रिड आईटी सोलुसनका निवेशकिरण अधिकारीले संयुक्तरुपमा सिनेमा साइबर सेक्युरिटी डेस्कबारे डेमोस्ट्रेसन देखाउनुभएको थियो । नेपाली चलचित्र उद्योगले सामना गरिरहेको साइबर हमलाबाट छुटकारा पाउने उपाए र बोर्डले चाल्न लागेको कदमबारे छलफल गर्न कार्यक्रमको आयोजना गरिएको थियो ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया