नेपाली सेना र अमेरिकी सेनाबीच दुई पक्षीय बैठक सम्पन्न

 चैत १५, २०७९ बुधबार १९:३४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच तीन दिने बैठक 'बाइल्याटरल ल्यान्ड फोर्सेस टक' सम्पन्न भएको छ ।

अस्ति सोमवारदेखि आज बुधवारसम्म काठमाण्डाैमा भएको बैठकमा शान्ति सेना, मानवीय सहायता र विपद् प्रतिक्रिया, तालिम र विज्ञता आदानप्रदानलगायतका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

बैठकमा नेपालको तर्फबाट परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका सहसचिव र उपसचिवहरूका साथै नेपाली सेनाका रथी एवम् अधिकृतहरू सम्मिलित १४ सदस्यीय टोली र अमेरिकी सेनाको प्यासिफिक कमान्डका डेपुटी कमान्डर मेजर जनरल क्रिस्टोफर स्मिथको नेतृत्वमा २२ सदस्यीय टोली सहभागी भएका थिए । कार्यक्रममा नेपाली टोलीको नेतृत्व उपरथी अशोकराज सिग्देलले गर्नुभएको थियाे । 

बैठकले नेपाल–अमेरिकाबीच रहँदै आएको सुमधुर द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको उपरथी सिग्देलले बताउनुभयो । सन् २०१८ देखि हरेक वर्ष नियमितरूपमा आयोजना हुँदै आएको यो कार्यक्रमको अर्को संस्करण २०२४ मार्चमा अमेरिकामा आयोजना हुने तय भएको छ ।

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया