दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले विद्यालय आफैँले पोसाक र पाठ्यपुस्तक (किताब) बिक्री गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ ।
विद्यालय आफैँले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो आएको भन्दै महानगरपालिकाले आज आइतवार सबै संस्थागत विद्यालयलाई पत्र पठाएर कारबाहीको चेतावनी दिएको हो ।
संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ मा विद्यालय आफैँले पाठ्यपुस्तक र स्टेशनरी सञ्चालन गर्न नपाउने तथा विद्यालयबाट निर्धारित ड्रेस कोडको नमुना विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने र विद्यालयले तोकेको स्थानमा पोसाक खरिद गर्न बाध्य बनाउन नहुने विषय उल्लेख रहेको महानगरले स्मरण गराएको छ ।
निर्देशिकामा भएका मापदण्ड र निर्देशन उल्लङ्घन गरेको पाइएमा कारबाही हुने र यसको जवाफदेही प्रधानाध्यापक नै हुने काठमाण्डौ महानगरपालिकाको पत्रमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Teklal Bhusal
April 2, 2023, 5:10 p.m.कुनैपनि बिद्यार्थी अरु स्कुलमा पढेर यदि नयाँ स्कुल छनाैट गरेका छन् भने सायद भर्ना शुल्क जायज हाेला तर त्याे पनि अधिकतम १ वा दुईमहिनाकाे फिस अनुसार हुनुपर्छ। तर उही स्कुल पढेर कक्षा चढ्दा र उही स्कुल पढ्दा पनि दशाैं हजार भर्ना शुल्क लिनु अभिभावक प्रति ज्यादति नै हाे लुट नै हाे। संगसंगै बिद्यालयले ताेकेकै ठाउँमा कापीकिताव ड्रेस हरु किन्न लगाउनु पनि गलत हाे सुध्रिनुस् न हाै सुध्रिनुस्।।
Minshrestha043
April 5, 2023, 10:35 a.m.Yes... I also say same. Sports fee library fee etc ok But admission fee same as new comers is illegal..
अनिश
April 4, 2023, 6:48 a.m.किताब कपि ड्रेस को कुनै समस्या नै हैन भर्ना फि चाहि बर्सेनि अती नै हो यो मुख्य हो