किमाथाङ्का नाका खोल्न माग गर्दै प्रधानमन्त्री प्रचण्डलाई भोटखोलावासीकाे ज्ञापनपत्र

 चैत २२, २०७९ बुधबार २१:०:४८ | रासस
unn.prixa.net

फाइल फाेटाे

सङ्खुवासभा - सङ्खुवासभाको उत्तरी क्षेत्र चीनसँग सिमाना जोडिएको किमाथाङ्का नाका खुलाउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ज्ञापनपत्र बुझाइएको छ । 

कोरोना महामारीका कारण तीन वर्षदेखि बन्द रहेको किमाथाङ्का नाका खुलाउन आज प्रधानमन्त्री प्रचण्डसमक्ष ज्ञापनपत्र बुझाइएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ छोदार भोटले जानकारी दिनुभयो । लामो समयदेखि किमाथाङ्का नाका बन्द रहँदा उत्तरी क्षेत्र भाेटखोलावासीले कष्टकर जीवन बिताउँदै आउनुपरेको गाउँपालिका अध्यक्ष भोटले जानकारी दिनुभयो । 

भोटखोलावासीलाई सदरमुकाम खाँदबारी आइपुग्न चार/पाँच दिन पैदलयात्रा गर्नुपर्छ । प्रधानमन्त्री प्रचण्डलाई भेटेर जतिसक्दाे चाँडो किमाथाङ्का नाका खोल्न पहल गरिदिन आग्रह गरेको उहाँले बताउनुभयो । 

लामो समयदेखि सीमा नाका बन्द हुँदा दैनिकीमा असर परेको र भोकमरी फैलन सक्ने भन्दै प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराइएको अध्यक्ष भोटेले बताउनुभयो । नाका खुलाउन प्रधानमन्त्री प्रचण्डले आश्वासन दिनुभएको उहाँको भनाइ छ  ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया