एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
काठमाण्डाै – यो हप्ता सुनको भाउमा उतारचढाव देखिएको छ । बुधबार सुनकोे भाउ अहिलेसम्मकै उच्च थियो । मंगलबारको तुलनामा दुई हजार रुपैयाँले बढेर बुधबार सुन तोलाको एक लाख ११ हजार रुपैयाँमा पुगेको थियो ।
भोलिपल्ट बिहीबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेर एक लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भयो । हप्ताको अन्तिम दिन शुक्रबार फेरि तोलामा दुई सय रुपैयाँले घटेर एक लाख १० हजार रुपैयाँ कायम भएको छ ।
बुधबार अहिलेसम्मकै उच्च रेकर्ड बनाउनु अघिल्लोे दिन मंगलबार सुनको भाउ तोलाको एक लाख ९ हजार रुपैयाँ थियो । हप्ताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेर एक लाख ८ हजार ६ सय रुपैयाँ कायम भएको थियो । सोमबार फेरि ६ सय रुपैयाँ घटेको सुनको भाउ मंगलबार र बुधबार भने बढेको थियो ।
अन्तर्राष्ट्रिय बजारमै भाउ उतारचढाव रहेकाले नेपाली बजारमा पनि त्यसको असर देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।