तिब्बती शरणार्थी नेपाली नागरिकतासहित पक्राउ

 चैत २४, २०७९ शुक्रबार १८:३७:११ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले नेपाली नागरिकतासहित एक तिब्बती शरणार्थीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिब्बतमा जन्म भई शरणार्थीका रूपमा काठमाण्डाैकाे बौद्ध तुसाल क्याम्पमा बसोवास गर्ने २७ वर्षीया निमाल्हामो गुरुङ रहेकाे प्रहरीले जनाएको छ ।   

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार ती शरणार्थी तिब्बतबाट भारतको बिहार, दिल्ली हुँदै आई विगत दुई वर्षदेखि बौद्धको बुद्ध तुसाल क्याम्पमा बसोवास गर्ने गरेको तथा तिनले क्याम्पमा बसोवास गर्ने व्यक्तिमार्फत कृष्णबहादुर कटुवाललाई नेपाली नागरिकता बनाउन सम्पर्क गरेको पाइएको छ । यसैगरी कटुवालले गुरुङको नेपाली नागरिकता बनाइदिएबापत पाँच लाख रुपैयाँ लिएको प्रहरी अनुसन्धानबाट खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

काठमाण्डाैका विभिन्न ठाउँमा बसोवास गर्ने तिब्बती शरणार्थीले सरकारी कार्यालयका कागजात, छाप तथा कर्मचारीको दस्तखतसमेत किर्ते गरी झुट्टा लिखत तथा नक्कली सिफारिस तयार गरेको खुलेको छ । साथै नक्कली बुवा खडा गरेर जिल्ला प्रशासन कार्यालय काठमाण्डाैबाट गुरुङले नेपाली नागरिकता लिएको प्रहरी अनुसन्धानबाट खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाण्डाैका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।  

नेपाली नागरिकता प्रमाणपत्रसहित पक्राउ परेकी गुरुङलाई नागरिकता ऐन तथा लिखतसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया