दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
बर्दिया – ७५ औँ विश्व स्वास्थ दिवसकाे अवसरमा बर्दियाकाे ठाकुरबाबा नगरपालिकाद्वारा उज्यालो सहकर्मी भावुक याेगी सम्मानित हुनुभएकाे छ ।
काेभिड १९ महामारीकाे समयमा राेकथाम र नियन्त्रणका लागि सञ्चारमाध्यमबाट समुदायस्तरमा निरन्तर सन्देशमूलक समाचार सम्प्रेषणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे भन्दै नेपाल पत्रकार महासङ्घ बर्दियाका उपाध्यक्ष एवम् रेडियो टाइगरका प्रबन्ध निर्देशकसमेत रहनुभएका उज्यालो सहकर्मी भावुक योगी आज नगरपालिकाद्वारा सम्मानित हुनुभएको हाे । पत्रकार याेगी जिल्लाबाहिर रहेका कारण नगरपालिकाका मेयर तिलकराम लम्साल र उपमेयर विनाकुमारी भट्टराईले संयुक्तरूपमा याेगीका प्रतिनिधि एवम् रेडियो टाइगरका स्टेशन प्रमुख रामबहादुर थारुलाई सम्मानपत्र प्रदान गर्नुभएको हो ।
दिवसको अवसरमा नगरपालिकाले आयाेजना गरेको एक कार्यक्रममा पत्रकार योगीसँगै स्वास्थ्य कार्यलय बर्दियाका प्रमुख गाेकर्ण गिरी, नगर स्वास्थ्य प्रमुख इन्द्रबहादुर राजवंशी, नगर अस्पतालका डा. कुलदीप यादव, नेपाल रेडक्रस साेसाइटी ठाकुरबाकाका सभापति यज्ञ नेपाल, स्वास्थ्यकर्मी दीपक थापा, राजेन्द्रप्रसाद सुवेदी, कृष्णप्रसाद पाैडेल, विष्णुप्रसाद ज्ञवाली, बलबहादुर खत्रीसहित ७८ जनालाई सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले बताउनुभयाे ।
काेभिड १९ काे पहिलो र दाेस्राे चरणकाे महामारीका बेला आ-आफ्नो क्षेत्रबाट स्थानीयलाई सतर्कता अपनाउन, सङ्क्रमितलाई क्वरेण्टीन, आइसाेलेशन र अस्पतालसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोे भन्दै पत्रकार, रेडक्रसकर्मी, स्वास्थ्यकर्मी, कर्मचारीलगायतलाई सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत रिजालले बताउनुभयाे ।
वि.सं. २०७२ सालको भूकम्पपछि बर्दियामा सुरु गरिएको रक्तदान अभियान र काेभिड १९ महामारीको समयमा सञ्चारमाध्यमबाट निरन्तर समाचार सम्प्रेषण गरेको भन्दै एक महिनाअघि पनि स्वयमंसेवी रक्तदाता समाज बर्दियाको दोस्रो जिल्ला अधिवेशन कार्यक्रममा पत्रकार योगी सम्मानित हुनुभएको थियो ।
झन्डै दुई दशकदेखि वन, वन्यजन्तु तथा वातावरण संरक्षण र समाजिक क्षेत्रमा कलम चलाउनुभएका योगीले सात वर्षअघि बाघ संरक्षणमा टेवा पुग्ने उद्देश्यसहित बर्दियाकाे भुरीगाउँमा रेडियो टाइगर पनि सञ्चालनमा ल्याउनुभएको छ ।
विभिन्न अभियानमा समाचार सम्प्रेषण गरेबापत बेला–बेला उहाँलाई विभिन्न सङ्घ-संस्था तथा कार्यालयले सम्मान गर्दै आएका छन् ।
यसैबीच दिवसको अवसरमा विभिन्न सन्देशमूलक प्ले कार्डसहित र्याली निकालेर भुरीगाउँ बजार परिक्रमा गरिएको स्वास्थ्यकर्मी विष्णुप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।