तस्बिरमा नेवारी संस्कृति

 चैत २५, २०७९ शनिबार १०:३४:३३ | न्युज एजेन्सी नेपाल
unn.prixa.net

काठमाण्डाै - नेवाः संस्कृति काठमाण्डौ उपत्यकाको मौलिक संस्कृति हो । इतिहास खोतल्दै जाने हो भने काठमाण्डौ उपत्यकाको पानीले निकास पाएपछि बनेको बस्नयोग्य भूमिसँगै नेवारहरूको बसोबास उपत्यकामा रहँदै आएको पाइन्छ ।

काठमाण्डौका नेवारहरू राजधानीका आदिवासी मात्र होइनन्, कला, साहित्य, गीतसङ्गीत, खानपान, जात्रा लगायतका अनेकौँ पक्षको नेतृत्व सम्हाल्ने साधक पनि हुन् । त्यसैले त काठमाण्डौमा नेवाः संस्कृतिको छुट्टै महत्त्व र पहिचान छ ।

अहिले पनि नेवारी समुदायका धेरै मानिसहरू मूर्तिकला, परम्परागत सङ्गीतकला, चित्रकला, खाद्यकला लगायतका सिर्जनात्मक कर्ममा तल्लीन हुन्छन् । साहित्य साधना, कलाकारिता, राजनीति लगायतका क्षेत्रमा काठमाण्डौका नेवारहरूले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । नेपालको धार्मिक, सांस्कृतिक परिचयको मेरुदण्डका रूपमा नेवार जाति र नेवारी संस्कृतिलाई लिन सकिन्छ ।

विश्व परिवेशमा नेवारी संस्कृति र नेवारहरूको धार्मिक गतिविधि संसारका लागि एउटा उत्तम नमुना र मानवीय सहिष्णुताको आधार पनि हो ।

विश्वको सांस्कृतिक रङ्गमञ्चमा एउटा अब्बल र सर्वप्रिय भूमिका खेल्ने गर्छ नेवारी समुदायले । आजको फोटो फिचरमा काठमाण्डौ उपत्यकाका नेवार जातिका रहनसहन र परिवेशलाई समेटिएको छ ।

 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया