डाेटीकाे दिपायलमा वृहत् लिफ्ट सिँचाइ याेजना निर्माण सुरु

 चैत २८, २०७९ मंगलबार १६:१९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

डाेटी – डोटीको दिपायलमा पहिलो पटक वृहत् लिफ्ट सिँचाइ योजना निर्माण सुरु भएको छ । दिपायल सिलगढी नगरपालिकाले वडा नम्बर १, २ र ३ का लागि बासुधारामा रहेको सेती नदीबाट ६० लाख रुपैयाँ लागतमा लिफ्ट सिँचाइ योजना निर्माण अघि बढाएको हो ।

योजना निर्माणपछि सेती नदीको पानी दुई सय मिटर अग्लो उचाइमा 'रिजर्भ' गरिनेछ भने त्यसबाट झन्डै तीन हजार घरपरिवारले सिँचाइ गर्न पाउनेछन् । यो क्रमागत योजना भएकाले २०८० सालभित्र सक्ने गरी निर्माण सुरु गरिएको पनि नगर कार्यपालिकाको भनाइ छ ।

सिँचाइ सुविधापछि व्यावसायिक तरकारी खेतीबाट किसानकाे आयस्तर बढ्ने अपेक्षा गरिएको स्थानीय खगेन्द्र बोगटीले बताउनुभयो । दिपायल सिलगढी नगरपालिकाको चालु आर्थिक वर्षको बजेटमा सेती नदी बासुधाराकाे लिफ्ट सिँचाइ योजना समावेश गरिएको थियो ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया