विद्यार्थी भर्ना शुल्कमा भएको मनोमानीबारे मन्त्रालयको ध्यानाकर्षण, पालिकाबाट स्वीकृत शुल्कमात्रै लिन आग्रह

 चैत २८, २०७९ मंगलबार १६:४१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी भर्नाका क्रममा निजी विद्यालयले जभाथाबी शुल्क लिएको गुनासो आएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले आज (मङ्गलवार) एक विज्ञप्ति निकालेर निजी विद्यालयले जथाभाबी भर्ना शुल्क लिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कानुनको अधीनमा रहेरमात्रै शुल्क लिन भनेको छ । मन्त्रालयले विधि र प्रक्रिया पूरा गरी पालिकाले स्वीकृत गरिदिएको सीमाभित्र रहेर तोकिएका शीर्षकहरूमा मात्रै शुल्क लिन पाउने विषयलाई स्मरण पनि गराएको छ ।

सबै विद्यालयले स्वीकृत भएको शुल्कको विषयमा अभिभावकलाई जानकारी गराउनुपर्ने, अभिभावकले शुल्कको विषयमा प्रश्न गर्न पाउने र चित्त नबुझेमा पालिकामा गुनासो गर्ने अभ्यासको पालना गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया