३९ दिनपछि घर फर्किइन् मन्तोरिया

 चैत ३०, २०७९ बिहीबार ११:४२:२ | रासस
unn.prixa.net

धनुषा - उपचारबापतकाे खर्च तिर्न नसकेर जनकपुरधामको न्यूरो अस्पतालमा बन्धक बनेकी धनुषा सबैला नगरपालिका–९ की मन्तोरिया देवी राय ३९ दिनपछि घर फर्कनु भएकाे छ। अस्पतालमै बन्धक बनेकी मन्तोरियालाई सबैला नगरपालिकाकाको पहलमा घर फर्काइएको हो ।

नगरपालिकाका मेयर कारीराम यादवले जिल्ला प्रशासन कार्यालय धनुषासँग समन्वय गरी मन्तोरियालाई बुधवार हिजाे घर फर्काइएको बताउनुभयो । नगरका मेयर यादवले एक लाख रुपैयाँ सहयोग गर्नुभएको छ । बाँकी रकम सहयोगी दाताबाट सङ्कलन गरी चुक्ता गर्ने सर्तमा मन्तोरियालाई बन्धनमुक्त गराइएको उहाँले बताउनुभयो ।

सोमवार नगरका मेयर  यादव र जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत किरणकुमार मिश्र अस्पताल पुगेर मन्तोरियाको अवस्थाबारे जानकारी लिनुभएको थियो । कार्यपालिकाको बैठकबाट उहाँलाई उपचार खर्च उपलब्ध गराउने र बन्धकमुक्त गराउन पहल गर्ने निर्णय गरेको थियो । 

गएकाे माघ १२ गते मन्तोरियालाई मोटरसाइकलले ठक्कर दिएपछि जनकपुरधाममा रहेकाे न्यूरो अस्पताल भर्ना गरिएको थियो । अस्पतालले गएकाे फागुन २० गते उहाँलाई डिस्चार्ज गरे पनि  उपचार खर्न तिर्न सक्दा घर फर्किन सक्नु भएकाे थिएन । अस्पतालमा उपचारबापत आठ लाख ७४ हजार रुपैयाँ तिर्न बाँकी थियो ।पैसा तिर्न नसकेपछि तीन छोराछोरी र वृद्ध ससुरासहित मन्तोरिया ३८ दिन बन्धक बन्नुभएकाे थियाे । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया