पूर्व मन्त्री पदम राईको निधन
मंसिर ९, २०८१ आइतबार
म्याग्दी – अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरबाट बेपत्ता भएका एक जना भारतीय आरोहीको चार दिनपछि जीवितै उद्धार गरिएको छ ।
भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु आज बिहीवार बिहान अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरमा भेटिनुभएको हो । गएको सोमवारदेखि बेपत्ता मालुलाई प्रभु एअरको हेलिकप्टरले बिहान साढे १० बजे सात हजार पाँच सय मिटरको उचाइबाट उद्धार गरेको सेभेन समिट ट्रेकका प्रबन्धक थानेश्वर गुरागाईंले जानकारी दिनुभयो ।
उद्धार गरिएका आरोहीको पोखराको मणिपाल शिक्षण अस्पतालमा लगेर उपचार थालिएको उहाँले बताउनुभयो । परिवारका सदस्यका अनुसार मालुको अवस्था गम्भीर छ । मालु सेभेन समिट टे«कमार्फत आरोहणमा जानुभएको थियो । आरोहण सफल नभएपछि आधार शिविर फर्कने क्रममा उहाँ बेपत्ता हुनुभएको थियो ।
अन्नपूर्ण हिमालबाट यसअघि मङ्गलवार भारतीय आरोही २७ वर्षीय बलजीत कौरको पनि उद्धार गरिएको थियो । काठमाण्डौ लगिएकी कौरको अवस्था सामान्य रहेको टे«किङ कम्पनी पायोनियर एडभेन्चरले जनाएको छ ।
यस्तै अन्नपूर्ण आरोहण गरेर फर्कने क्रममा कटल्याडका आरोही नोयल हान्नाको मङ्गलवार ज्यान गएको थियो । हान्ना सेभेन समिट टे«कबाट अन्नपूर्ण हिमाल आरोहणमा जानुभएको थियो ।
आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा गएको शनिवारदेखि यस वर्षको वसन्त ऋतुको आरोहण सुरु भएको थियो ।
यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागबाट पाँच वटा समूहका ४५ जनाले अनुमति लिएका थिए । बुधवारसम्म ३५ जनाले आरोहण गरिसकेका अन्नपूर्ण आधार शिविर पुगेर फर्किएका संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताउनुभयो ।
अन्नपूर्ण संसारको दशौँ अग्लो हिमाल हो । विसं १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलो पटक आरोहण गर्नुभएको थियो । मौरिसले अन्नपूर्ण चढेको तीन वर्षपछि १९५३ मा सर एडमन्ड हिलारी र तेञ्जिननोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।