कर्णालीलाई हराउँदै जनकपुर एनपीएलकाे फाइनलमा
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै - देशका पहाडी केही क्षेत्रमा आज पनि हल्का वर्षाको अनुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहनेछ । अहिले पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।
आज दिउँसो पनि कोशी प्रदेशसहित पहाडी थोरै ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । पश्चिम तराईका केही तथा पहाडी थोरै ठाउँ र काठमाण्डौ उपत्यकामा दिउँसोपछि हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हिजो पनि दिउँसोपछि काठमाण्डौ उपत्यकामा हल्का वर्षासहित हावाहुरी चलेको थियो । जसका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान केहीबेर प्रभावित भएको थियो । आज बिहान काठमाण्डौको मौसम सफा छ । हावाहुरी र हल्का वर्षाले प्रदूषण पनि केही कम भएको छ ।
आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिबिलिटी ६ किलोमिटर रहेको छ । प्रि–मनसुनमा हावाहुरी, मेघगर्जन र चट्याङको जोखिम हुने गर्छ । आज राति पनि कोशी प्रदेशलगायत अरु प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहने र एक/दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।