९ हजारभन्दा धेरै पदाधिकारी तथा कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्

 वैशाख ११, २०८० सोमबार १७:३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अघिल्लो आर्थिक वर्षमा नाै हजार जनाभन्दा धेरै पदाधिकारी तथा कर्मचारीले आफ्नो सम्पत्ति विवरण नबुझाएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रको आर्थिक वर्ष २०७८/०७९ को प्रतिवेदनअनुसार सङ्घ, प्रदेश र पालिकामा गरी सात लाख २८ हजार सात सय ४७ जना पदाधिकारी तथा कर्मचारीमध्ये नौ लाख पाँच सय ९० जनाले सम्पत्ति विवरण नबुझाएको पाइएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

भ्रष्टाचार निवारण ऐन २०५९ मा सार्वजनिक पदमा रहेकाहरूले तोकिएको आर्थिक वर्ष सकिएको ६० दिनभित्र सम्पत्ति विवरण नबुझाए पाँच हजार रुपैयाँ जरिबाना गर्ने व्यवस्था छ । सम्पत्ति विवरण नबुझाउने कर्मचारीले गैरकानुनी सम्पत्ति आर्जन गरेको अनुमान गरी अख्तियारले छानबिन गर्न पाउने व्यवस्थासमेत छ ।

राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/०७८ मा १५ हजार पदाधिकारी तथा कर्मचारीले सम्पत्ति विवरण बुझाएकमा थिएनन् । अघिल्लो वर्षको तुलनामा २०७८/०७९ मा सम्पत्ति विवरण बुझाउनेकाे सङ्ख्या केही बढेको छ ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया