भारत लैजाँदै गरेका १८ बालबालिकाको सिमानाबाट उद्धार

 जेठ २५, २०७५ शुक्रबार १२:२०:२९ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – रोजगारीका लागि भारत हिँडेका १७ वर्ष मुनिका १८ बालबालिकाको पश्चिमी सीमानाबाट उद्दार गरिएको छ । अछामको ढकारी ७ ढुङ्गाचाल्नाका १२ जना बालक र ६ जना बालिकाको पश्चिमी सीमानाकामा रहेको एसएसबी क्याम्पबाट उद्दार गरिएको हो ।

प्रहरीले बालबालिकासहित उनीहरुलाई भारत लैजाँदै गरेका ढकारी गाउँपालिकाकै ५३ वर्षीय रामबहादुर बुढा र ४८ वर्षीय रतन विकलाई नियन्त्रणमा लिएको छ । 

आफन्तसँग हिडेको भन्दै सीमानाकामा बसेका प्रहरी र मानव बेचविखन तथा ओसार–पसार नियन्त्रणका लागि निगरानी गर्न बसेका गैरसरकारी संस्थाले छोडेका बालबालिकालाई एसएसबीले रोकेपछि भारतीय भूमिबाट उद्दार गरिएको हो ।

सोधपुछका क्रममा बालबालिकाले रोजगारीका लागि भारत जान लागेको बताएपछि भारतमा बाल मजदूर विरुद्ध कडा कानुन भएकाले एसएसबीले उनीहरुलाई रोकेको स्रोतले बतायो । आफन्तसँग रोजगारीका लागि भारत हिँडेका उनीहरुलाई गड्डाचौकी कटिसेको अवस्थामा भारतीय सुरक्षा कर्मीले रोकेर उद्दार गरिएको भए पनि प्रहरीले भने आफूहरुले बालबालिकाको उद्दार गरेको जनाएको छ ।

उद्दार गरिएका बालबालिका १३ वर्षदेखि १७ वर्ष उमेर समूहका छन् । बालिकालाई माइती नेपालको संरक्षमा राखिएको छ भने बालकहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । 
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया