सङ्खुवासभाकाे चिचिलामा बाघले गाईवस्तु मारेपछि किसान त्रसित

 वैशाख १३, २०८० बुधबार १४:३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

सङ्खुवासभाको चिचिलामा बाघले मारेको गाई ।

सङ्खुवासभा – सङ्खुवासभाकाे चिचिला गाउँपालिकामा बाघले गाईवस्तु मारेपछि स्थानीय किसान त्रसित बनेका छन् ।

बाघले एकै रात यमबहादुर राईको एउटा गोरु र दलमान राईको दुई वटा गोरु र एउटा गाई गरी चार वटा गाईवस्तु मारेको चिचिला गाउँपालिका वडा नम्बर २ का अध्यक्ष दिनेश राईले बताउनुभयो । बाघले गाईवस्तु मारेपछि सबैजसोले घरछेउमै गाईवस्तु बाँध्न थालेका छन् । गाईवस्तुमाथि बाघले पुनः आक्रमण गर्ने डरले स्थानीय किसानले रातभर निगरानी गर्न थालेका छन् ।

बाघले आक्रमण गर्न नदिन किसानले रातभर हाेहल्ला गर्दै गाउँघर घुम्न थालेका वडाध्यक्ष राईको भनाइ छ । गाउँभन्दा माथि जङ्गल रहेकाले पनि स्थानीयवासी त्रसित बनेका छन् ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Adip Rai

    April 27, 2023, 1:43 a.m.

    Dherai tadako pakha pakhera khet barima pasulai matrai badhera gharama sutna nahune thiyo.

  •  0 Reply

तपाईको प्रतिक्रिया