राष्ट्रपति पौडेल भोलि डिस्चार्ज हुने

 वैशाख १६, २०८० शनिबार १९:५९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल भोलिसम्म डिस्चार्ज हुने नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले जनाएको छ ।

नयाँ दिल्लीमा रहेको अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्समा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्यमा राम्रो सुधार भएकोले भोलिसम्म डिस्चार्ज हुने सम्भावना रहेको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

पेट र छातीमा समस्या देखिएपछि पौडेललाई उपचारको लागि वैशाख ६ गते दिल्ली लगिएको हो ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया