किशोरी बलात्कार अभियोगमा भारतीय युवक पक्राउ
 

 कात्तिक ५, २०७५ सोमबार १९:३३:४७ | आशिष विश्वकर्मा

सिरहा – सिरहाको बडियारपट्टि गाउँपालिका –३, इन्द्रचोकमा मेलामा भएको साँस्कृतिक कार्यक्रम हेर्न गएकी स्थानीय एक किशोरी बलात्कार गरेको अभियोगमा प्रहरीले एक भारतीय युवकलाई नियन्त्रणमा लिएको छ । 

गाउँमै भएको मेला हेर्न गएकी १६ वर्षीया किशोरीलाई आइतबार राति बलात्कार गरेको अभियोगमा प्रहरीले भारत, विहार, मधुनी, गामपञ्चायत भरचौरा वडा नं. ११ का २६ वर्षीय मुकेश सहनीलाई नियन्त्रणमा लिएको हो । 

आइतबार गाउँमै भएको मेला हेर्न गएकी युवतीमाथि मुकेशले जबरजस्ती करणी गरेको किटानी जाहेरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी माधवराज खरेलले जानकारी दिनुभयो । 

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा सहनीसँगै मेला हेर्न आएका अन्य तीन जना युवालाई यिन्त्रणमा लिएर अनुसन्धान गरेको भए पनि किशोरीले एक जनाले मात्र करणी गरेको किटानी जाहेरी दिएपछि सहनीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीको भनाई रहेको छ । 

 

अन्तिम अपडेट: चैत ११, २०८०

आशिष विश्वकर्मा

आशिष विश्वकर्मा सिरहाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया