सङ्खुवासभाको भोटखोलामा सिम्रिक एअरको हेलिकप्टर दुर्घटना

 बैशाख २२, २०८० शुक्रबार १३:४९:११ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – सङ्खुवासभामा हेलिकप्टर दुर्घटना भएको छ । भोटखोला गाउँपालिका–४ हम्बरेडाँडामा सामान बोकेको सिम्रिक एअरको हेलिकप्टर दुर्घटनामा परेको हो ।

अपर अरुण (एक हजार ६१ मेगावाट) को जलविद्युत् आयोजनाको सामान बोकेको हेलिकप्टर आज शुक्रवार दिउँसो १ बजेर १० मिनेटमा दुर्घटना भएको स्थानीय डुक्पा भोटेले जानकारी दिनुभयो । उहाँका अनुसार सिप्रङमा हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा देखिएको छ ।

हेलिकप्टर दुर्घटना भएकोबारे जानकारी प्राप्त भएको र अहिले प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले पनि हेलिकप्टर सम्पर्कविहीन भएको उज्यालोलाई जानकारी दिनुभएको छ । घटनाको थप विवरण आउँन बाँकी छ ।

तस्बिर : वाङ भाेटे

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया