सामाजिक विषयको परीक्षा नेपाली भाषामै दिनुपर्ने

 वैशाख २६, २०८० मंगलबार १७:५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – कक्षा ९ देखि १२ सम्म सामाजिक अध्ययन विषयको परीक्षामा नेपाली भाषामै उत्तर लेख्नुपर्ने भएको छ । कतिपय विद्यालयले सामाजिक अध्ययन विषय अङ्ग्रेजी माध्यममा पढाइ भइरहेकोले नेपाली वा अङ्ग्रेजीमा परीक्षा दिन पाउनुपर्ने भनी विवाद गरिरहेका बेला राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले नेपाली भाषामै उत्तर लेख्नुपर्ने बताएको हो ।

यसअघि कार्यालयले सुझाव लिनका लागि भन्दै नेपाली/अङ्ग्रेजी दुवै भाषामा नमुना प्रश्नपत्र सार्वजनिक गरेपछि यस विषयमा दुविधा बढेको थियो ।

आज मङ्गलवारदेखि सुरु भएको कक्षा १२ को परीक्षामा पनि सामाजिक अध्ययन विषयको प्रश्नपत्र नेपालीमा नै दिइने कार्यालयले जनाएको छ । यो विषयमा यसअघिकै व्यवस्था कायम भएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले बताउनुभयो । उहाँले गएको वर्ष जसरी नेपालीमा मात्रै प्रश्न आएको थियो यस वर्ष पनि त्यस्तै आउने बताउनुभयो ।

विदेशमा सञ्चालित नेपाली विद्यालय र स्वदेशी विद्यालयमा पढ्ने विदेशी विद्यार्थीले मात्र सामाजिक विषयको परीक्षा अङ्ग्रेजी माध्यममा दिन पाउने महानिर्देशक अर्यालले बताउनुभयो । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ मा विद्यालय तहको पाठ्यसामग्री र पठनपाठनको भाषाबारे उल्लेख छ । त्यहाँ सामाजिक अध्ययन पठनपाठन तथा प्रश्नपत्र नेपालीमा हुनुपर्ने व्यवस्था छ ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Anisha khadka

    May 11, 2023, 10:31 p.m.

    Nepali

  •  0 Reply

तपाईको प्रतिक्रिया