दार्चुलामा हिमपहिरोमा बेपत्ता भएका एक जनाको शव भेटियो, मुगुमा तीन जनाको अवस्था अझै थाहा हुन सकेन

 बैशाख २८, २०८० बिहिबार ११:४४:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – दार्चुलाको हिमपहिरोमा ८ दिनदेखि बेपत्ता भएका एक जनाको शव भेटिएको छ ।

डोटीको जोरायल गाउँपालिका–२ की १५ वर्षीया छिमी सोमो थापाको शव हिजो भेटिएको दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनुभयो । 

दार्चुलाको ब्याँस गाउँपालिका–१ भोलुममा गएको १९ गते गएको हिम पहिरोमा परेर ५ जना बेपत्ता भएका थिए । बेपत्ता भएकामध्ये चार जनाको शव यस अघि नै भेटिएको थियो ।

त्यस्तै मुगुमा हिमपहिरोमा परेर हराइरहेकाहरुको अवस्था थाहा हुन सकेको छैन । 

गएको २२ गतेदेखि मुगुम कार्मारोङ गाउँपालिका–१ र २ मा पर्ने च्याँखुलेकमा हिमपहिरोमा परि हराइरहेका तीन जनाको अवस्था अहिलेसम्म थाहा हुन नसकेको हो । 

हिमपहिरोमा जुम्लाको पातारासी गाउँपालिका–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३५ वर्षीय पुन्न सार्की र ३५ वर्षीय बीर बोहोरा बेपत्ता भएका हुन् ।

हिजो र अस्ति खोजी गरिए पनि लगातारको हिमपात र बाक्लो हिउँ जमेकाले कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले जानकारी दिनुभयो ।

उनीहरुको खोजीका लागि उद्दारकर्मी र सुरक्षाकर्मीले बेपत्ता भएकाकहरुसँग यार्सा संकलनमा गएकाहरुलाई पनि लिएर गएको थियो ।

तर, भौगोलिक अवस्था र ९ फिटसम्म हिउँ जमेकाले खोजी गर्न कठिनाइ भएको थापाले बताउनुभयो।

खोजी अभियानमा जुटेको टोली नै बिरामी पर्न थालेपछि टोलीमा रहेकाहरु फर्किन थालेका छन् ।

अब हिउँ पग्लिएपछि मात्रै हराइरहेकाहरुको खोजी गरिने मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले जानकारी दिनुभयो ।

यार्सा संकलनका लागि गएको २२ गते च्याँखुलेकमा गएका १५ जनामध्ये तीन जना हिमपहिरोमा परेका हुन् । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया