देशका १ सय ५० ठाउँमा डढेलो, अझै फैलिने सम्भावना

 वैशाख २९, २०८० शुक्रबार ७:४२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

सुर्खेतको वीरेन्द्रनगरको तल्लो क्षेत्रको जङ्गलमा लागेको आगलागी । तस्बिर : रासस

काठमाण्डाै - आगलागी र डढेलोका घटना फेरि बढ्न थालेका छन् । अहिले देशका १५० ठाउँमा डढेलो लागिरहेको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीले देखाएको छ ।

सबैभन्दा धेरै बाँके र सुर्खेतमा डढेलो लागेको छ । बाँकेका ३३ र सुर्खेतका २५ ठाउँमा डढेलो लागिरहेको छ ।

यस्तै, कैलालीका ९, सिन्धुली र बर्दियाका ८/८, कञ्चनपुर र सल्यानका ६/६, खोटाङ, दाङ र अर्घाखाँचीका ५/५ ठाउँ, दोलखाका ४, धनकुटा, अछाम, नुवाकोट, कपिलवस्तु, ओखलढुंगा, रामेछाप र स्याङ्जाका ३/३ ठाउँमा डढेलो  लागेको छ ।

यसैगरी, मकवानपुर, पर्सा, प्युठान र तेह्रथुमका २/२ ठाउँ तथा तनहुँ, सुनसरी, पाँचथर, काठमाण्डौ, काभ्रे, गुल्मी र भोजपुरका एक/एक ठाउँमा डढेलो लागिरहेको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीले देखाएको छ ।

सुक्खापन बढेकाले आगलागी र डढेलो अझै फैलिने सम्भावना छ । आगलागी र डढेलाका कारण मानवीय क्षतिसमेत हुन थालेको छ । अर्घाखाँचीमा गएको मङ्गलवार  आगलागी हुँदा एकै गाउँका चार जना र दैलेखमा अस्ति वनमा लागेको डढेलोमा परेर एक जनाको ज्यान गएको छ भने घाइते सात जनाको उपचार भइरहेको छ । केही दिन अघिसम्म तराई र मध्यपहाडी क्षेत्रमा रहेको डढेलो अहिले उच्च पहाडी र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ ।

गएको १६ गतेदेखि झण्डै एक हप्ता पानी पर्दा डढेलोका घटना कम भएको थियो । तर त्यसपछि भने घाम चर्किन थालेको छ । गर्मी बढेको छ । यसले आगलागी र डढेलोका घटना बढेका छन् ।

धेरैजसो आगलागी र डढेलो मानवीय लापरबाहीकै कारण लाग्ने भएकाले  सचेत हुन र सावधानी अपनाउन विज्ञले आग्रह गर्दै आएका छन् । यस्तै, सुरक्षाको उपायविना डढेलो लागेको ठाउँमा नजान राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुन्दरप्रसाद शर्माको सुझाव छ । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया