कर्णाली करिडोर भाेलिदेखि एक हप्ता बन्द हुने

 वैशाख ३१, २०८० आइतबार ६:३८:१७ | रासस
unn.prixa.net

फाइल तस्बिर

कालीकाेट - कर्णाली करिडोर अन्तर्गत कालीकोटको नरहरिनाथ–८ खुलालुबाट हुम्लाको सलीसल्ला सडक खण्ड एक हप्ताका लागि बन्द हुने भएको छ । कर्णाली करिडोरको खुलालु पुल नजिकै सडकको स्तरोन्नतिकाे कार्य हुने भएकाले सात दिनका लागि करिडोर बन्द हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालय कालीकोटले एक सूचना जारी गर्दै कर्णाली करिडोरको खुलालु पक्की पुल छेउछाउमा सडक स्तरोन्नति गर्नुपर्ने भएकाले एक हप्ताका लागि बन्द गरिएको जानकारी गराएको छ ।

भाेलिदेखि सात दिनका लागि सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले जानकारी दिनुभयो ।

'खुुलालु क्षेत्रको सडक स्तरोन्नतिकाे काम सुरु हुने भएकाले एक हप्ताका लागि याे क्षेत्रमा सडक बन्द गरिएको हो', उहाँले भन्नुभयो, 'करिडोर जोड्ने एउटामा मात्रै खुलालु पुल हो । त्यही काम गर्नु परेकाले एक हप्ता बन्द गरिएको हो ।'

सडक बन्दले कर्णाली करिडोर हुँदै कालीकोटको नहरिनाथ, सान्नी त्रिवेणी, पचालझरना, पलाँता गाउँपालिका, रास्कोट नगरपालिका, बाजुरा, मुगु र हुम्ला जानका लागि आवतजावत प्रभावित हुने भएको छ ।

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया