अलपत्र घाेराही–तुलसीपुर चार लेन सडककाे सम्झाैता ताेडियाे : मन्त्री शर्मा

 जेठ १, २०८० सोमबार २०:४७:३३ | हेमराज शर्मा
unn.prixa.net

फाइल फाेटाे

दाङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङको घोराही–तुलसीपुर अलपत्र चार लेन सडकको सम्झौता तोडिएको बताउनुभएको छ ।

रेडियो मध्यपश्चिमको १७ औँ स्थापना दिवसको अवसरमा आज साेमवार भएको कार्यक्रममा मन्त्री शर्माले अलपत्र चार लेन सडक ठेक्का सम्झौता रद्द गरिएको जानकारी दिनुभएको हो । भारतीय ठेकेदारका कारण लामो समयसम्म निर्माण हुन नसकेर अलपत्र परेको घोराही–तुलसीपुर सडकको सम्झौता तोडिएको र एक दुई दिनभित्रै नयाँ ठेक्काको सूचना जारी हुने पनि बताउनुभयो ।

नयाँ प्रक्रियामा नजाँदासम्मका लागि सडकको मर्मत र निर्माणका लागि अब सडक डिभिजन कार्यालयले बर्खाअघि नै मर्मत–सुधारको काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

घोराहीको बबई नदीदेखि तुलसीपुर उपमहानगरपालिकाको हात्तीखौवासम्मको झन्डै २८ दशमलव १९ किलोमिटर सडक ३० महिनाभित्र निर्माण सक्ने गरी २०७६ पुस महिनादेखि काम सुरु भए पनि अहिलेसम्म सकिएकाे छैन । यसबीचमा चार पटक म्याद थप भइसक्दासमेत सडकको भौतिक प्रगति झन्डै १० प्रतिशतमात्रै छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया