लामोदुरीको गाडीभाडा घट्यो, अब कहाँ जान कति भाडा ?

 जेठ ३, २०८० बुधबार १०:३७:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले लामोदुरीको सार्वजनिक गाडीको भाडा घटाएको छ ।

नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर १०/१० रुपैयाँले मूल्य घटाएलगत्तै आज यातायात व्यवस्था विभागले सार्वजनिक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो ।

घटेको मूल्य आजदेखि नै लागू भएको विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

विभागले समायोजन गरेको भाडादर अनुसार यात्रुबाहक गाडीमा ३ दशमलव २० प्रतिशतले, पहाडी बाटोमा चल्ने मालबाहक गाडीमा ४ दशमलव १९ प्रतिशतले र तराईको बाटोमा चल्ने मालबाहक गाडीमा ४ दशमलव ६५ प्रतिशतले भाडा घटेको छ ।

अन्तरप्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुन्छ ।

गएको चैत २० गते प्रतिलिटर १० रुपैयाँले मूल्य घटाएको नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी फेरि डिजेलमा १० रुपैयाँले घटाएको थियो । घटेको मूल्य अनुसार अब डिजेलको प्रतिलिटर एक सय ५५ रुपैयाँ कायम भएको छ । 

यसअघि गएको चैत २० गते डिजेलको भाउ लिटरमा १० रुपैयाँले घट्दा गाडी भाडा घटेको थिएन ।

यसअघि स्वचालित मूल्य प्रणालीअनुसार डिजेलमा घटेको मूल्य ४ दशमलव ०६ प्रतिशत मात्रै भएकाले मूल्य समायोजन हुन नसकेको तर अब समायोजन गरिएको महानिर्देशक भट्टराईले बताउनुभयो ।

२०७८ चैत १७ मा इन्धनको बजार मूल्य ५ प्रतिशत वा त्यसभन्दा थप बढे वा घटेमा भाडा समायोजन गर्नुपर्ने निर्णय विभागले गरेको थियो । 

नयाँ भाडादर हेर्नुहोस् 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया