नक्कली शरणार्थी प्रकरणमा प्रमाण पुष्टि भएसम्म सबैलाई कारबाही गर्नुपर्छ : प्रदीप ज्ञवाली

 जेठ ४, २०८० बिहिबार १२:३७:५८ | सागर राज तिमिल्सिना
unn.prixa.net

फाइल तस्बिर

कास्की - नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नक्कली शरणार्थी प्रकरणमा प्रमाण पुष्टि भएसम्म सबैलाई कारबाही गर्नुपर्ने बताउनु भएकाे छ । 

प्रेस चौतारी कास्कीले बिहीवार आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले शरणार्थी प्रकरणमा जोडिएकालाई छानबिन गरेर कारबाही गर्नुपर्ने बताउनु भएकाे हाे ।

उहाँले एमालेले शरणार्थी प्रकरणमा जाेडिएकालाई कारबाही गरे पनि कांग्रेसले संरक्षण गरेकाे आराेप समेत लगाउनु भयाे ।  उहाँले भ्रष्टाचार जुनसुकै तहबाट भए पनि निष्पक्ष छानबिन गरेर  कारबाही हुनुपर्ने बताउनु भयाे ।

चितवन र तनहुँको मतपरिणामले वर्तमान गठबन्धनको विकल्प एमाले होइन रहेछ कि भनेर सोच्न बाध्य बनाएको ज्ञवालीले बताउनु भयाे । यस्तै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीको उदयलाई गम्भीरतापूर्वक हेरेको तर नझस्किएको बताउनु भयाे । 

उहाँले असन्तृष्टि 'क्यास' गरे जस्तो राजनीतिमा दीर्घकालसम्म टिक्न सहज नभएको पनि बताउनु भयाे । 

अन्तिम अपडेट: चैत ३०, २०८०

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया