प्रत्येक पालिकामा 'स्मार्ट' विद्यालय, शिक्षण पेसालाई आकर्षक बनाउन विशेष 'प्याकेज'

 जेठ ५, २०८० शुक्रबार १८:४८:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – सरकारले हरेक पालिकामा कम्तीमा एउटा विद्यालयलाई स्मार्ट विद्यालय बनाई प्रविधिको माध्यमबाट पठनपाठन हुने व्यवस्था मिलाइने नीति लिएकाे छ । आज शुक्रवार संसदमा प्रस्तुत भएको आउँदाे आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रमले यस्ताे याेजना सार्वजनिक गरेकाे हाे । 

नीति तथा कार्यक्रममा सर्वसुलभ गुणस्तरीय शिक्षाको अवधारणाबमोजिम शिक्षा क्षेत्रलाई अगाडि बढाइने, विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा ‘ल्याउने, सिकाउने र टिकाउने’ कार्यलाई प्रोत्साहनमूलक कार्यक्रमसहित अभियानका रूपमा सञ्चालन गरिने उल्लेख छ । यस्तै पढ्दै कमाउँदै कार्यक्रमलाई पढ्दै कमाउँदै, कमाउँदै पढ्दै कार्यक्रमको रूपमा सञ्चालन गरिने भएकाे छ ।

आधारभूत तहमा गुणस्तरीय शिक्षामा पहुँच वृद्धि गर्न दलित, अल्पसङ्ख्यक, लोपोन्मुख, पिछडिएको क्षेत्र, दुर्गम तथा हिमाली क्षेत्र र आर्थिक रूपले विपन्न तथा अपाङ्गता भएका बालबालिकाका लागि विशेष कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । 

सङ्घीय शिक्षा ऐन संसद्‌को यसै अधिवेशनबाट पारित गरिने, शिक्षण पेसालाई मर्यादित र आकर्षक बनाउन विशेष प्याकेजको व्यवस्था गरिने सरकारले नीति लिएकाे छ । ‘हाम्रो स्कुल, बनाऔँ राम्रो स्कुल’ अभियानअन्तर्गत सामुदायिक विद्यालयमा पालिकाबाट विषयगत दक्ष शिक्षक दरबन्दीको व्यवस्था मिलाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • टीका थापा

    May 19, 2023, 7:14 p.m.

    परिवर्तनको आधार भनेको शिक्षा हो,गुणस्तरीय ,जीवनपयोगि,व्यबहारिक शिक्षा आजको आबस्यकता हो ।तर मेरो बिद्यालय श्री ग्रामोदय मा बि नमुना घोषण त भयो,,,केहि भवन बने,,तर अहिले भ्रष्टाचारले दुर्गन्धित बन्दै छ ,,बिद्यार्थिको शिक्षा कसरी राम्रो बनाउने भन्नु पर्नेमा अनियमितता कसरी छुपाउन सकिन्छ भनेर लागेका छन अनि कसरी हुन्छ शिक्षाको बिकास !!!

  •  0 Reply

तपाईको प्रतिक्रिया