आठ पाथी चामलको भात पकाएर आज मच्छिन्द्रनाथ र मीननाथलाई चढाईँदै, भोटो जात्रा भोलि

 जेठ १०, २०८० बुधबार ७:४८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो जात्रा भोलि हुँदैछ ।

अस्ति सोमवार रथलाई लगनखेलबाट तानेर जावलाखेल ल्याएकाले भोलि भोटो जात्रा हुने तय भएको हो । रथ जावलाखेल ल्याएको चार दिनमा भोटो देखाइने परम्परा छ ।

अहिले जावलाखेलमा रातो मच्छिन्द्रनाथ र मीननाथको दर्शन गर्न भक्तजनको घुईंचो लागेको छ ।

आज दिउँसोे रातो मच्छिन्द्रनाथको रथमा भात चढाएर विशेष पूजा गरिनेछ ।

हरेक वर्ष भोटो जात्राको एक दिन अगाडि मलेकु गुथियारले मच्छिन्द्रनाथलाई भात चढाएर विशेष पूजा गर्ने गरिन्छ । 

पुल्चोकको पाटीमा आठ पाथी चामलको भात पकाएर मच्छिन्द्रनाथ र मीननाथलाई चढाएपछि रथबाट चारै दिशामा फर्केर छर्किने गरिन्छ ।

नेपालभाषामा जा भनेको भात र व्हला भनेर छर्किने चलन छ । त्यसरी भात छर्किने ठाँउ भएकोले जावलाखेलको नाम रहन गएको मान्यता छ ।

भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुंगमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टंगल लगिनेछ ।

गएको वैशाख ११ गते पुल्चोकबाट रथ तानेर सुरु भएको यस वर्षको रातो मच्छिन्द्रनाथको रथजात्रा भाेटो जात्रासँगै भोलि सकिनेछ । 

अन्तिम अपडेट: असार ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया